२३ कार्तिक २०८३, सोमबार

संसदको बैठकमा विभिन्न विधेयक पेश हुन सक्ने, संसद बैठक एक बजे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २१ पुस । विभिन्न विधेयकहरू र अन्य विविध विषयमा छलफल गर्न संसदको बैठक आज पनि बस्दैछ ।

दिउँसो एक बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्ने बैठकमा केही विधेयकहरू पेश गर्ने तयारी गरेको बुझिएको छ ।

संसदमा सोमबार संविधान संशोधनको प्रस्तावमा सैद्धान्तिक छलफल सक्किएको थियो । सो प्रस्तावमा संशोधन दर्ता गर्नका लागि ७२ घण्टाको समय तोकिएको छ ।

यसैबीच, सो संशोधन प्रस्तावमा दल र तीनका सांसदहरूले आजदेखि संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेको बुझिएको छ ।