६ कार्तिक २०८३, शुक्रबार

नाका खोल्न नेपाली सेना प्रयोग गर्न सरकारलाई कसले दियो दबाव ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav Nepal Umlकाठमाडौं, २१ पुस । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल मधेस आन्दोलनमा सरकारले जस्टिफाई हुनेगरी सबै विधि प्रयोग गर्नुपर्ने पक्षमा देखिएका छन् ।

सरकारले नजान्दा मधेस आन्दोलनका कारण नाकाबन्दी बेहोर्नुपरेको उनको धारणा छ।नेपालले जस्टिफाई हुने गरी राजमार्ग र नाकामा सेना प्रयोग गर्न सकिने बताए ।

‘धर्ना बसेका नाकामा सशस्त्र, जनपद र सेनासमेतको प्रयोग गरेर नाका खुलाउन सकिन्छ’, सोमबार उनकै निवास कोटेश्वरमा अन्तर्वार्ता दिँदै नेपालले भने ।

अहिलेको नाकाबन्दीको विकल्प खोज्न सरकार उदासीन रहेकाले जनताले दुःख पाइरहेको उनले बताएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

नेपालले विगतमा भारतसँग मात्र निर्भर भएका कारण अहिलेको यो अवस्था आएको सांकेतिक रूपमा बताए ।

‘चीनसँग उच्च तहमा राम्रो गरी कुरा हुन सकेन। राम्रो गरी कुरा राख्न नसकेका कारण चीनबाट आउनुपर्ने सामान आएन । राम्रोसँग कुरा हुनसके चीनले दस वर्षमा गर्ने काम एक वर्षमा गरेर देखाइदिन्छ’, नेपालले भने ।

उनले विगतको कोइराला सरकारभन्दा अहिलेको सरकारले गरेको फरक काम बोल्नेमात्र भएको आरोप लगाए । आफ्नै पार्टीका अध्यक्ष केपी ओली पार्टीमा कुनै सरसल्लाह नगरी निरंकुश शैलीमा चलेको पनि नेपालले बताए ।