
काठमाडौँ, २० पुस । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हरिनारायण यादव (सिरहा) लाई केन्द्रीय उपाध्यक्षमा मनोनयन गर्नुभएको छ ।
पार्टीको केन्द्रीय सदस्यसमेत रहनुभएका यादवलाई पार्टीको विधानअनुसार सो पदमा मनोनयन गरिएको पार्टीले जनाएको छ । यादवको मनोनयनसँगै सो पार्टीमा चार उपाध्यक्ष रहनुभएको छ ।












प्रतिक्रिया