
– अनिल खत्री
गुल्मी २० पुस । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको २४ औं साधारण सभा एबं अधिवेशनबाट अध्यक्षमा दुर्गाप्रसाद पाण्डे निर्वाचित भएका छन् ।
गुल्मीको सदरमुकाम तम्घासमा शनिवारबाट चलेको अधिवेशनले निवर्तमान वरिष्ठ उपाध्यक्ष रहेका पाण्डेलाई अध्यक्षमा चयन गरेको हो । आगामी तिन वर्षका लागी १८ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्दै सोमवार सम्पन्न भएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा श्रीसाद भलामी, रामसाद पान्थी, ईश्वरीप्रसाद पौडेल निर्वाचित भएका छन् । समितिको महासचिवमा निर्वतमान महासचिव कृष्णप्रसाद पोखरेललाई भारी मताअन्तरले ताराप्रसाद भुसाल निर्वाचित भएका छन् भने सचिवमा बिरेन्द्र भुसाल रहेका छन् । समितीको कोषाध्यक्षमा दुर्गाचन्द्र बोहरा र सहकोषध्यक्षमा इश्वरीप्रसाद बेल्वासे र्विाचित भएका छन् ।
अबिधेशनबाट सदस्यहरुमा रामप्रसाद पन्थी, फर्सुराम पाण्डेय,मृगेन्द्र प्रसाद श्रेष्ठ, गणेश पाण्डेय, रामु सुनार, मनिराम अर्याल, ज्ञानहरी सापकोटा, चेतनारायण पाण्डेय र महिला सदस्यहरुमा शिला श्रेष्ठ र निर्मला खत्री निर्वाचित भएका छन् ।
नव निर्वाचित कार्यसमितीलाई एक कार्यक्रमका बिच बधाईतथा सपथ गरहण कार्यक्रम सम्पन्न भएको छ । सोमबार वाणिज्य संघको सभाहलमा सम्पन्न कार्याक्रममा पुर्व अध्यक्ष नन्दराम भुसाल, डिल्लराज भुसाल, राजेन्द्र प्रसाद श्रेष्ठ, कृष्णप्रसाद भण्डारी र निर्वतमान अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेयले नव निर्वाचित कार्यसमितीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।















प्रतिक्रिया