१३ कार्तिक २०८३, शुक्रबार

काँग्रेसमा साठी र चालिस भत्काउनुपर्छ: नेता खड्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

purna-bhadur-khakda

पाल्पा, २० पुस । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री पूर्णबहादुर खड्काले नेपाली काँग्रेसले ६० र ४० प्रतिशत भागबन्डाका कारण पार्टी कार्यालयमा झिङ्गा भन्किने र नेताका घरमा भीडभाड लाग्ने गरेकामा अब त्यो भत्काउनुपर्ने बताउनुभएको छ ।

नेकाको १३ औं महाधिवेशनमा पार्टी भिजन र मिसन नभएको नेताले यसपालिको निर्वाचनमा पार्टीको नेतृत्व लिन नसक्ने बताउनुभयो ।

शेरबहादुर देउवा वा सुशील कोइराला कसलाई नेता बनाउने भन्दा पनि पार्टी सञ्चालन गर्ने मिसन, भिजन भएकासक्षम नेता मात्र पार्टी सभापति हुनसक्ने बताउनुभयो ।

नेपाल प्रेस युनियन पाल्पा शाखाद्वारा तानसेनमा आयोजित पत्रकार अन्तक्र्रिया कार्यक्रममा खड्काले ४० र ६० प्रतिशतका आधारमा अव भागबन्डा भत्काउनका लागि महाधिवेशनमा सक्षम नेताको खोजिमा काँग्रेस लागेको बताउनुभयो ।

देशले परिर्वतनशील संविधान पाएपछि काँग्रेस पनि परिवर्तन हुन जरुरी रहेको बताउनुभयो । उहाँले सरकार परिवर्तनको पक्षमा नरहेको पनि बताउनुभयो ।

सरकार परिर्वतन काँग्रेसभन्दा प्रधानमन्त्री केपी ओलीमा भरपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्रीले संविधानको विपरीत मन्त्रिपरिषद्को सदस्य ४० पु¥याएको र संविधानको विशेषता बताउन गाउँगाउँ जाने जिम्मेवारी लिएको सरकारले संविधान विपरीत मन्त्री थप्न नहुने बताउनुभयो ।

उहाँले केपी ओली मित्र भएकाले छिटो २५ जनाको मात्र मन्त्रिमण्डल बनाउन अनुरोधसमेत गर्नुभयो । सिंहदरबारमा सीमित शासन अब सङ्घीयताले सात स्थानबाट शासन हुने बताउनुभयो ।

संविधान कार्यान्वयनका लागि प्रमुख दल एकजुट हुन आवश्यक रहेको उहाँले बताउनुभयो । प्रमुख दल एक ठाउँमा भई संविधान जारी भएको र संविधान संशोधन र कार्यान्वयनका लागि पनि दलबीच समझदारी हुनुपर्नेसमेत औँल्याउनुभयो । रासस