१३ कार्तिक २०८३, शुक्रबार

प्रहरीले सोमबार इन्धन बाड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

petrol-lineकाठमाडौँ, १९ पुस । नेपाल प्रहरीले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई पुस २० गतेदेखि हरेक सोमबार १० बजेदेखि ४ बजेभित्र इन्धन वितरण गर्ने भएको छ ।

इन्धन अभावका कारण ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले भोगिरहेको समस्यालाई मध्यनजर गरी सहजै इन्धन उपलब्ध गराउन लागिएको प्रहरीले जनाएको छ ।

अपाङ्गता भएका व्यक्तिलाई प्रहरी प्रधान कार्यालय नक्सालस्थित पेट्रोलपम्पबाट र ज्येष्ठ नागरिकलाई सामाखुसीस्थित महालक्ष्मी पेट्रोलपम्पबाट वितरणको व्यवस्था मिलाइएको छ ।

अपाङ्गता भएका व्यक्तिले इन्धन लिनका लागि सवारी दर्ता प्रमाणपत्र अनिवार्यरुपमा ल्याउनुपर्नेछ भने ज्येष्ठ नागरिकले उमेर खुल्ने प्रमाणपत्र, सवारी चालक अनुमतिपत्रसहित आफैँ चलाएर आएको सवारीसाधनमा मात्र इन्धन भर्न पाउने व्यवस्था गरिएको प्रहरीले जनाएको छ । रासस