१३ कार्तिक २०८३, शुक्रबार

सरकारद्धारा नयाँ कार्यविभाजन नियमावली लागू, मन्त्रालयको संख्या ३१ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Singha-Darbarकाठमाडौँ, १९ पुस । सरकारले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०७२ लागू गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाल सरकार (कार्यविभाजन) नियमावली २०६९ लाई खारेज गरी नयाँ नियमावली लागू गरेको हो ।

मन्त्रिपरिषद् विस्तार र मन्त्रालयको सङ्ख्या वृद्धिसँगै नयाँ कार्यविभाजन नियमावली कार्यान्वयन भएको हो । नयाँ व्यवस्थाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अब मन्त्रालयको सङ्ख्या ३१ पुगेको छ ।

साविकका २७ मन्त्रालयमा वाणिज्य, पशु विकास, खानेपानी तथा सरसफाइ र जनसङ्ख्या तथा वातावरण मन्त्रालय थपिएका हुन् ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट प्रविधि हटाएर विज्ञान तथा प्रविधिमा पुनःसमायोजन भएको छ । सरकारले यही पुस १४ गते नेपाल राजपत्रमा सूचना जारी गरी नयाँ कार्यविभाजन नियमावली सार्वजनिक गरेको हो । रासस