१३ कार्तिक २०८३, शुक्रबार

ट्रक दुर्घटनामा ६ गम्भीर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Charikot-dolakhaदोलखा, १९ पुस । दोलखाको दक्षिणी गाउँ पवटी–४ मा आज ट्रक दुर्घटना हुँदा ६ व्यक्ति गम्भीर घाइते भएका छन् ।

सर्लाहीबाट ईंटा बोकेर दोलखाको शैलेङ्गेश्वर गाविसको भैँसेबजार जाँदै गरेको बा३ख १७३७ नम्बरको मिनी ट्रक सत्येश्वर उच्चमावि नजिकैको खोलामा पुग्दा बढी भारका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले बताउनुभयो ।

प्रहरी निरीक्षक सुनुवारका अनुसार ट्रक दुर्घटनामा परी पवटी–९ की ५२ वर्षीया भगवती थपलिया, सोही स्थानकी ५० वर्षीया कमलकुमारी खड्का, शैलुङगेश्वर–७ पोखरेका गोपाल विश्वकर्मा, सोही स्थानका ३७ वर्षीया मनमाया विश्वकर्मा र ५० वर्षीया बिन्दा सिवाकोटी र २२ वर्षीय रामशरण थपलिया सख्त घाइते भएका छन् ।

घाइतेको अवस्था गम्भीर भएकाले स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको सुनुवारले बताउनुभयो । घाइतेको अवस्था चिन्ताजनक रहेको बताइएको छ । ट्रकका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । रासस