काठमाडौँ, १९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबइन्जिनियर शरद्कुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ ।
नाङ्गलेभारे सडकखण्ड ग्राभेल सम्पन्न भएपछि रु ३२ लाख ४० हजारको भुक्तानी ठेकेदारलाई दिएबापत निजबाट रु दुई लाख घुस लिँदै गरेको अवस्थामा सबइन्जिनियर श्रेष्ठलाई आयोगको टोलीले हालै पक्राउ गरेको थियो ।
आयोगले रु दुई लाख बिगोसहित हदैसम्मको दण्ड सजायको माग दाबी गरी अदालतमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता कृष्णहरि पुष्करले बताउनुभयो । रासस












प्रतिक्रिया