
हेटौँडा, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर गिम्दी गाविस वडा नं ९ को सोभानेबेंसीस्थित वाग्मती नदीमा निर्मित झोलुङ्गे पुलको आज उद्घाटन गर्नुभयो ।
सोभानेबेंसी र मकवानपुर मन्थली गाविस–२को मन्थली जोड्ने सो पुल करिब रु ८२ लाखमा लागतमा निर्माण गरिएको हो । लम्बाइ १३९ मि र चौडाइ डेढ मि रहेको पुल निर्माणमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सस्पेन्सन ब्रिज डिभिजनको सहयोग रहेको छ ।
सो पुलबाट मकवानपुर जिल्लाका शिखरपुर, ठिंगन र मन्थली गाविसका साथै ललितपुर जिल्लाका मानिसहरु लाभान्वित हुने छन् । प्रधानमन्त्री ओलीले आफ्नो कार्यभार सम्हाल्ने दिन नेपालका तुइनहरुलाई विस्थापन गर्ने भनी निर्णय गर्नुभएको थियो । आजदेखि करिब एक दशकअघि त्यहाँ राखिएको तुइन आज विस्थापन भएको छ । रासस















प्रतिक्रिया