पथरी (मोरङ), १९ पुस । इन्धन चोरी गर्ने एक जनाविरुद्ध मोरङ प्रहरीले मुद्दा चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार स्थानीयवासी बलराम राजवंशीले गत सोमबार ना४ख ४५० नंको ट्यांकरको दुई नं सिल तोडी सय लि डिजेल चोरेकाले उनीविरुद्ध मुद्दा चलाइएको हो ।
नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय नजिकै राखिएको उक्त ट्यांकरका सहचालकको मुख बाँधेर सो समूहले गाडीको इन्धनको सिल फोडी तेल निकालेर लगेको मोरङ प्रहरीले जनाएको छ । सो गाडीका सहचालक बब्लु पासवानको उजुरीका आधारमा पक्राउ गरी चोरी ऐनअन्तर्गतको मुद्दा चलाइएको हो । रासस












प्रतिक्रिया