३१ आश्विन २०८३, शनिबार

उपासना महिला सहकारीमा पुनः महर्जन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upsana-sahakari-1

काठमाडौँ, १९ पुस । उपासना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनःअमरावती वलामी (महर्जन) निर्वाचित हनुभएको छ ।

संस्थाको शनिबार सम्पन्न छैटौँ साधारणसभाले पुनः महर्जनको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । उक्त सहकारीको उपाध्यक्षमा ललना बज्राचार्य, सचिव शान्तिलक्ष्मी महर्जन र कोषाध्यक्षमा इन्दिरा चालिसे रहनुभएको छ ।

त्यस्तै सदस्यमा सानुनानी ब्यञ्जनकार, पवित्रा केसी, पुष्पादेवी बलामी, तुलसा खड्का र राखी खनाल रहनुभएको छ । साधारण सभाले उर्वशी रेग्मीको संयोजकत्वमा मैयाँ चापागाईँ र रामप्यारी श्रेष्ठ सदस्य रहेको लेखा समिति तथा सरिता थापा (खड्का) संयोजक तथा सावित्री कुँवर र ज्योती श्रेष्ठ सदस्य रहेको शिक्षा उपसमिति गठन गरेको छ ।

Upsana-sahakari

उपासना सहकारी महिलाको क्षमता वृद्धि गरी विभिन्न विषयमा महिलालाई सक्षम बनाउने सहकारी भएको अध्यक्ष महर्जनको भनाइ छ । विसं २०६६ भदौबाट आर्थिक कारोबार सुरु गरेको उक्त सहकारीमा एकहजार ३०० सदस्य आवद्ध भने रु तीन करोड ५० लाखको कारोबार गरिरहेको संस्थाले जनाएको छ ।