३१ आश्विन २०८३, शनिबार

तीन दलले आज साँझ ६ बजे मधेसी मोर्चासँग निर्णायक वार्ता गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १९ पुस । प्रमुख तीन दलले आज आन्दोलनरत मधेसी मोर्चासँग निर्णायक वार्ता गर्ने भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, सत्तारुढ दल नेकपा एमाले र एमाओवादीले संयुक्त रुपमा आज साँझ ६ बजे मोर्चासँग वार्ता गर्ने तयारी गरेका हुन् ।

आजको वार्तामा मधेसका मुद्दा सम्बोधनका लागि तीन दलले ठोस प्रस्ताव पेस गर्ने र मोर्चालाई सहमतिमा ल्याउने प्रयास गरिनेछ ।

साथै संसदमा दर्ता भएको संविधान संशोधन विधेयक परिमार्जन गरेर पारित गर्ने विषयमा पनि सहमतिको प्रयास हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसैबीच अपराह्न चार बजे तीन दलको बैठक बस्ने भएको छ । मधेस मोर्चासामू प्रस्तुत गरिने ठोस प्रस्तावलाई फाइनल गर्न बैठक बस्न लागेको हो ।