काठमाडौं, १९ पुस । विगत चार महिनादेखि तराई मधेसमा आन्दोलन गर्दै आएको मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयास स्वरुप आज प्रमुख राजनीतिक दलहरूका बीच छलफलको प्रयास गरिँदैछ ।
मधेसी मोर्चासहित कांग्रेस, एमाले र एमाओवादीबीच आज राजधानीमा छलफल गर्ने तयारी गरेको स्रोतको दाबी छ । छलफल हुने भनिए पनि अहिलेसम्म कुनै तयारी नभएको मधेसी मोर्चाका नेताहरूको भनाइ छ ।
कांग्रेस सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल राजधानी बाहिर हुनुहुन्छ । उहाँहरू आजै राजधानी आउनेवित्तिकै छलफलको तयारी गरेको बुझिएको छ ।
प्रधानमन्त्री केपी ओलीले वार्ताका लागि चासो नदेखाएको आरोप मधेसी मोर्चाको छ ।
अघोषित नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण सर्वसाधारणले लामो समयदेखि दुःख झेल्दै आएका छन् ।















प्रतिक्रिया