६ कार्तिक २०८३, शुक्रबार

साउदीसँग श्रम सम्झौता, नेपाली कामदारलाई सहयोग मिल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saudi news1काठमाडौं, १९ पुस । लामो समयदेखि श्रम सम्झौता नगरी कामदार जाने गरेको साउदीमा बल्ल नेपाल सरकारले श्रम सम्झौताको प्रक्रिया अघि बढाएको छ ।

श्रम सम्झौता नगरी कामदार वैदेशिक रोजगारीमा जाँदा आर्थिक, शारीरिक र मानसिक शोषणमा पर्ने घटना वृद्धि भएपछि श्रम सम्झौता गर्नुपर्ने दबाब खेपिरहेको साउदी सरकारले सहमित जनाउँदै यही पुस २७ र २८ गते नेपाली टोलीलाई साउदी बोलाएको छ ।

श्रम सम्झौतालाई टुंगोमा पुर्‍याउन साउदी सरकारले मिति तय गरेर नेपाली टोली बोलाएपछि श्रम तथा रोजगार र परराष्ट्र मन्त्रालयका सहसचिव सम्मिलित प्राविधिक टोली रियाद जाने तयारीमा जुटेको समाचार नागरिक दैनिकले छापेको छ ।

साउदीमा हुने दुवै देशका प्राविधिक टोलीले छलफल गरेपछि श्रम सम्झौताको अन्तिम मिति तय हुने कार्यक्रम छ ।