६ कार्तिक २०८३, शुक्रबार

राज्यलाई टक्कटर दिन कसले बनायो समानान्तर कार्यक्रम ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-Bikram-Chanda-Biplapकाठमाडौं, १९ पुस । एकीकृत जनक्रान्तिको कार्यदिशा अबलम्बन गर्दै सशस्त्र विद्रोहको तयारीमा जुटेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पूर्ववत् माओवादीकै शैलीमा कार्यक्रम गर्न थालेको छ ।

एकीकृत माओवादी नेतृत्वले क्रान्तिप्रति धोका र गद्दारी गरेको र नेकपा क्रान्तिकारी माओवादी अकर्मण्यतामा फसेको निष्कर्षसहित उसले विगतको जनयुद्ध कै गोरेटो पछ्याउन थालेको छ ।

पर्टी केन्द्रीय समितिदेखि अन्य कतिपय कार्यक्रमलाई समेत अर्धभूमिगत बनाएको चन्द माओवादीले अधिकांश नीति तथा कार्यक्रम जनयुद्धकालीन शैलीमै अगाडि बढाउन थालेको समाचार राजधानी दैनिकले छापेको छ ।

स्रोत अनुसार उसले राज्यलाई टक्कटर दिन केन्द्रदेखि तल्लो निकायसम्मै समानान्तर ढंगले कार्यक्रम अगाडि बढाउने र राज्यसत्ता कब्जा गर्ने कार्ययोजना अघि सारेको छ ।