६ कार्तिक २०८३, शुक्रबार

मन्त्रीहरू धेरै भएपछि बास नै पाएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli-Micकाठमाडौं, १९ पुस । संवैधानिक व्यवस्थाविपरीत सरकारलेमन्त्रालय विभाजन गरेर मन्त्रीहरुको संख्या थपेपछि मन्त्रीहरुले बास नै नपाउने अवस्था बनेको छ ।

संविधानमा २५ वटासम्म बढी मन्त्रालय बनाउन नहुने व्यवस्था भएपनि केपी ओली नेतृत्वको सरकारले भने मन्त्रालय टुक्राउँदै सहायकमन्त्रीसमेत गरी ४० सदस्यीय मन्त्रिमण्डल बनाएको छ ।

सरकारको ललिपुर पुल्चोकमा १९ वटा क्वाटर रहेपनि सवैमन्त्रीहरु बस्न नसक्ने भएपछि उनीहरु भाडाको घरमा बस्न थालेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

सबै क्वाटरमा मन्त्रीहरु बसेपछि सरकारले पछिल्लो दुई चरण विस्तार गर्ने क्रममा भएका मन्त्रीहरु क्वाटर पाउनवाट बञ्चित भएका छन् ।

मन्त्रीहरुलाई आवासको व्यवस्था शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत भवन निर्माण सम्भार डिभिजन कार्यालयले गर्दै आएको छ ।