३१ आश्विन २०८३, शनिबार

सोह्र अङ्कले बढ्यो नेप्से

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

stock-marketकाठमाडौँ, १८ पुस । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५.९१ अङ्कले बढेर अन्तिम दिन एक हजार १५१.३८ अङ्कमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता स्टक एक्सचेन्जमा १५३ कम्पनीका १६ हजार १२५ कारोबारबाट रु एक अर्ब ८३ करोड ६३ लाख ५७ हजार बराबरका ३९ लाख नौ हजार ३७० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा १७.८३ प्रतिशत कम हो । गत साता १५८ कम्पनी २१ हजार ७८७ कारोबारबाट रु दुई अर्ब २३ करोड ७० लाख ९१ हजार बराबरका ३४ लाख ७४ हजार ७१० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

गत साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १८.०८ अङ्कले बढेको थियो । यो साता समूहगत परिसूचकमा वाण्ज्यि बैंकको ११.९३, विकास बैंकको १८.१३, वित्त समुहको ०.१७, होटल समुहको ९.५७, जलविद्युतको ०.२६ र सबैभन्दा बढी बिमा समूहको १९१.६४ अङ्कले सुधार आएको छ भने उत्पादनमूलक समूह र व्यापार समूहको परिसूचकमा कुनै परिवर्तन भएको छैन् ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३.११ अङ्कले बढेर २४६.५४ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा पनि गरिमा विकास बैंक संस्थापक अग्रस्थानमा छ ।

त्यसैगरी कारोबार सङख्याको आधारमा आइएलएफसिओ माइक्रोफाइनान्स वित्तीय संस्था अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्र तर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । रासस