काठमाडौं, १८ पुस । भारतीय नाकाबन्दीले इन्धन आपूर्तिमा समस्या भएपछि खाना पकाउन इन्डक्सन चुलो, हिटरलगायतका विद्युतीय उपकरणको प्रयोगले विद्युतको माग बढिरहेको छ ।
स्वीकृत क्षमताभन्दा बढी विद्युत् प्रभावित भई क्षति पुग्न नदिन सुरक्षाका लागि ट्रान्सफर्मरमा फ्युज र एमसिबी राखिएको हुन्छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
लोड बढी भएमा फ्युज र एमसिबी जल्नुपर्नेमा ट्रान्सफर्मर नै पड्किएने गरेका छन् ।
खासमा फ्युज जलेमा मर्मत गर्न पटकपटक जानुपर्ने झन्झटबाट मुक्ति पाउन बढी क्षमताको तार राख्ने गरिएको छ ।
त्यसैले विनारोकटोक आएको लोडले ट्रान्सफर्मर पड्किने गरेको प्राधिकरणकै विज्ञहरूले बताएका छन् ।
प्राधिकरणका एक इलेक्ट्रिकल इन्जिनियरले फ्युजको गुणस्तर र रेटिङको प्राविधिक पक्षमा ध्यान नदिएकाले ट्रान्सफर्मर पड्किरहेको जानकारी दिए ।
‘बढी करेन्ट प्रवाह हुनेबित्तिकै फ्युज र एमसिबी जल्नुपर्नेमा ट्रान्सफर्मर पड्किरहेका छन्,’ उनले भने, ‘ट्रान्सफर्मरको सुरक्षाका लागि फ्युज र एमसिबी राखिएकोमा तिनीहरूको सुरक्षाका लागि ट्रान्सफर्मर राखिएजस्तो भइरहेको छ ।’















प्रतिक्रिया