६ कार्तिक २०८३, शुक्रबार

तस्करीको अखडामा प्रहरीको संरक्षण, कहाँ छन् यी अखडा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, १८ पुस । चार महिना लामो मधेस केन्द्रित दलहरुको आन्दोलन र भारतको नाकाबन्दीपछि भारतीय नाका जोडिएका पश्चिम तराईका जिल्ला तस्करीको अखडा बन्दै गएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ ।

आयोगले सरकारी निकायकै प्रत्यक्ष संलग्नतामा सीमा क्षेत्र तस्करीको अखडा बन्दै गएको ठहर गरेको समाचार राजधानी दैनिकले छापेको छ ।

तराई आन्दोलन र भारतीय नाकाबन्दीपछिको अवस्था अनुगमन गर्न पश्चिम तराईमा खटिएको मानव अधिकार आयोगको टोलीले तीन ओटा नाका जोडिएका जिल्लामा अनुगमन गरी यस्तो ठहर गरेको हो ।

आयोगका सदस्य गोविन्द पौडेलको नेतृत्वमा गएको अनुगमन टोलीले कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लाका साथै ती जिल्लामा रहेका बेलहिया, महेशपुर र कृष्णनगर नाका अनुगमन गरेको थियो ।

तीन जिल्ला मध्ये रुपन्देहीको बेलहिया नाकासँग जोडिएका बस्तीहरु अत्यन्तै अव्यवस्थित पेट्रोलियम पदार्थको (तस्करी गरिएको) राख्ने गोदाम बन्दै गएको र जुनसुकै बेला विस्फोट भएर ठूलो क्षतिको सम्भावना रहेको छ ।

रुपन्देहीको डन्डा खोलादेखि बेलहिया नाका प्रहरी चौकीसम्मका प्रत्येक घरमा एक सयदेखि १० हजार लिटरसम्म पेट्रोल अव्यवस्थित रुपमा भण्डारण गरी राखिएको पाइएको आयोगका सदस्य गोविन्द पौडेलले जानकारी दिए ।