१३ कार्तिक २०८३, शुक्रबार

एमाले महासचिव पोखरेल दक्षिण कोरिया प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwor-pokheral

काठमाडौँ, १८ पुस । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल दक्षिण कोरिया प्रस्थान गर्नुभएको छ ।

नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको पाँचौ अधिबेशनको उद्घाटन गर्न उहाँ शुक्रबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रवासी नेपाली मञ्चको पाँचौ अधिवेशन यही जनवरी ३ तारिखका दिन सउल मेट्रो लार्इन नं ३ को बुल्ग्वाङ स्टेसन गेट नं २ नजिकै रहेको एमटियु हलमा हुदैछ।

”प्रवासी नेपालीको चाहना, समृद्ध नेपालको परिकल्पना” भन्ने मुल नाराका साथ हुन गइरहेको अधिवेशनलार्इ प्रमुख अतिथिको रूपमा एमाले महासचिव पोखरेल र विशेष अतिथिको रूपमा एमालेका पूर्वी एसिया इन्चार्ज एवम् एमाले बैकल्पिक केन्द्रीय सदस्य राजन राईले सम्बोधन गर्ने कार्यक्रम छ ।

एमाले कोरियाको प्रवास कमिटीको अधिबेशनलाई सम्बोधन गर्न पार्टीका केन्द्रीय पदाधिकारीको उपस्थिति पहिलो पटक हुन लागेको हो । सन १९९६ मा स्थापना भइ विभिन्न आरोह अवरोह व्यहोर्दै आए पनि अहिलेसम्म सौल, आन्सान, ओइजम्बु, थेगु, बुसान र गजेदो गरि ६ वटा क्षेत्रीय कमिटी बिस्तार गरिसकेको प्रवासी नेपाली मञ्च दक्षिण कोरियाका अध्यक्ष गोविन्द गाउँलले दैनिक नेपाललाई बताउनुभयो । उहाँले अधिवेशनमा कोरियाबासी सबै नेपाली समुदाय, क्षेत्र र संघ सस्थाको उल्लेख्य सहभागिता रहने बताउनुभएको छ ।