काठमाडौं । कान्ति लोकमार्गमा रातिको समयमा सवारी चलाउन निषेध गरिएको छ ।
लगातारको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुई दिनका लागि राति १२ घण्टा बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबार र सनिबार साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म लोकमार्ग बन्द रहने छ । सम्भावित प्राकृतिक विपद्बाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको सूचनामा उल्लेख छ।
प्रशासनले तोकिएको समयभित्र कान्ति लोकमार्गमा सवारी साधन सञ्चालन नगर्न तथा यात्रा गर्ने यात्रु र यातायात व्यवसायीलाई सूचनाको पालना गर्न आग्रह गरेको छ।












प्रतिक्रिया