
नगरकोट, १७ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले केपी ओली सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि पोख्नुभएको छ ।
पार्टीको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको सूर्यविनायक नगर समितिले आज गरेको अन्तक्र्रियामा अध्यक्ष विजुक्छेले सरकार भारतसँग निर्भर पेट्रोलियम पदार्थ, इन्धनलगायतको व्यापारको विकल्प खोज्न असफल भएको धारणा राख्नु भयो ।
“बङ्गलादेशसँग ग्यास र चीनसँग पेट्रोलियम पदार्थ लिने व्यापार सम्झौता गर्न सरकारलाई पटकपटक सुझाउँदै आएका छौँ” उहाँले भन्नुभयो, “तर सरकारले काम गर्न सकेन । जनता झनझन समस्यामा पर्दै आएका छन् ।”
अध्यक्ष विजुक्छेले नेपाल सरकारले भारतीय नाकाबन्दीको जवाफ बिजुली आपूर्ति बन्द गरेर दिनुपर्ने सुझाव दिनुभयो ।
उहाँले नाकाबन्दी हटाउन सरकार अहिलेसम्म अन्तर्राष्ट्रिय अदालत तथा संयुक्त राष्ट्रसङ्घमा जान नसकेकामा आक्रोश पोख्नुभयो ।












प्रतिक्रिया