३० आश्विन २०८३, शुक्रबार

ससुरालीको दाइजो बेचेर प्रहरीलाई घर !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pppppp

सुन्दरीजल, २८ असार । विवाहमा ससुरालीबाट प्राप्त औँठी, सिक्री र मोटरसाइकललगायतका दाइजो बेचेर प्रहरी हवल्दार नवराज खड्काले बज्रयोगिनी मन्दिरको सुरक्षार्थ खटिएका प्रहरीका लागि आवासगृह निर्माण गरी उदाहरणीय काम गर्नुभएको छ ।

पुरातात्विक, धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मन्दिरको सुरक्षार्थ खटिएका प्रहरी बस्नलाई उग्रतारा बज्रयोगिनी मन्दिरसँगैको पुरातात्विक भवन दिइएकोमा सो भवन जीर्ण भई भत्कने अवस्थामा पुगेपछि हवल्दार खड्काले सो उदाहरणीय काम गर्नुभएको हो ।

भूकम्प गएका समयमा बज्रयोगिनी मन्दिरकै सुरक्षार्थ नेपाल प्रहरी पहरा गणबाट खटिएका हवल्दार खड्काले दुई तले चार कोठे भवन आफ्नो व्यक्तिगत रु पाँच लाख ६० हजारको लागतमा निर्माण गरिदिएर उदाहरणीय काम गर्नुभएको मन्दिर सुरक्षार्थ खटिएको प्रहरी टोलीका इञ्चार्ज विदुर खड्काले बताउनुभयो ।

हवल्दार खड्काले ससुरालीले दिएको दाइजो बेचेर पैसा जुटाई प्रहरी भवन निर्माण गरिदिएको बताउनुभयो ।