काठमाडौं । नयाँ शक्ति बनाउनका लागि भन्दै खाडी मुलुकको भ्रमणमा निस्केकी हिसिला यमीका कारण खाडीमा रहेका नेपाली झन् बिच्किएका छन् ।
नयाँ शक्तिको विदेश विभाग प्रमुख भएको भन्दै उनी खाडीका कतार, साउदी अरब, बहराइनलगायतका मुलुकमा अभियान लिएर गएकी थिइन् । उनले ती मुलुकमा एकाध नेपाली भेला गरेर नयाँ शक्तिको बारेमा प्रवचन दिन भन्दा पनि एमाओवादीको उछित्तो मात्रै काढ्ने काम गरिन् । उनले खाडीमा त्यति मात्रै होइन, भारत समेत आफूहरूको पक्षमा रहेको भनेर बताएपछि प्रवासी नेपालीले हुटिङ गरेका थिए ।
उनले आफू खाडीबाट सोझै भारत जाने र भारतीय संस्थापन पक्षसँग कुरा गर्ने बताएकी थिइन् । उनले त्यसो भनेको २४ घण्टा नबित्दै भारत ओर्लिएकी छिन् ।
उनले भारतको संस्थापन पक्षसँग कुरा गर्ने बताएकी छिन् । कतार एयरलाइन्सको जहाज चढेर उनी भारतको नयाँदिल्ली ओर्लिएकी छिन् । जनआह्वान साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया