६ कार्तिक २०८३, शुक्रबार

अमेरिका हिँडेका नेपाली महिलाको यसरी हुन्छ यौनशोषण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १७ पुस । गोरखा स्थायी घर बताउने शीला लामिछाने (नाम परिवर्तन) दलालको भनाई मान्दै हवाई, जल र स्थल मार्ग भएर मेक्सिकोबाट अमेरिका पुगिन् । अहिले त्यो यात्रा सम्झिँदा मुर्छा पर्छिन् ।

उनी काठमाडौँबाट थाइल्याण्ड हुँदै अफ्रिका, त्यसपछि जल र स्थल मार्ग हुँदै दक्षिण अमेरिकी मुलुक मेक्सिको पुगिन् । त्यहाँबाट रेल र लरी चढेर अमेरिका छिर्ने प्रयास गर्दा पक्राउ परिन् ।

स्वदेश फर्कने सर्तमा ३७ दिनमा छुटिन् । फेरि अर्को प्रयासमा अमेरिका पुगिन् । जेलमा बिताएको समयसहित काठमाडौँबाट हिडेको पाँच महिनाा २५ दिन लाग्यो ।

त्यसवीचमा आफ्नो अस्मितासहित ठूलो धनराशि सकिन् । उनको २३ लाख रुपैयाँ खर्च भयो ।

युवतीलाई २३ लाख लाग्दा युवालाई भने त्यसको दोब्बर लाग्नेसमेत थाहा पाइन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

अमेरिकास्थित नेपाली दूतावासमा केही वर्षयता महिनामा ४/५ जना पीडित आउने गरेका छन् ।

दूतावास अधिकारीका अनुसार दलालले बाटोमा यौनशोषण गर्छन् ।

जोखिमपूर्ण यात्राका कारण उनीहरुमा जीवनप्रति नै निरासा पैदा हुन्छ ।

स्नातक र स्नाकोत्तर गरिसकेका धेरै नेपाली अमेरिका जान चोरबाटो प्रयोग गरिरहेका छन् ।

‘यो पीडा सुन्न नसकेर म दिल्लीस्थित दक्षिण अमेरिकी मुलुकका दूतावास पुगेर समस्या निराकरणमा पहल गरिरहेको छु, नेपाली राजदूत अर्जुनकुमार कार्कीले भने ।’

यसरी नेपालीलाई स्थल वा अन्य कुनै मार्ग प्रयोग गरेर अमेरिका लगायत विकसित मुलुक लैजाने ठूलो गिरोह छ ।