
काठमाडौं, १७ पुस । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ८१ दिन पुरानो सरकारसँगको असन्तुष्टि सार्वजनिक गर्दै आफ्ना दलका मन्त्रीहरुलाई कुनै पनि समयमा सरकाबाट फिर्ता गर्ने चेतावनी दिएका छन् ।
पार्टीको तीन नम्बर प्रदेशको दुईदिने बैठकलाई बिहीबार पेरिसडाँडामा सम्बोधन गदैं उनले यस्तो चेतावनी दिएका हुन् ।
दाहालले दलका मन्त्रीहरुलाई फिर्ता हुनका लागि मानसिक रुपमा तयार हुन निर्देशन दिए पनि यसमो समयसीमाबारे भने केही उल्लेख गरेनन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
भारतीय नाकाबन्दी, कालोबजारी, चिसोले भूकम्पपीडितको मृत्यु भइरहेका बेला मन्त्रालय विभाजन गरी जम्बो मन्त्रिपरिषद बनाउने प्रधानमन्त्री केपी ओलीको निर्णय, मन्त्रीहरुका अलोकप्रिय निर्णय र मन्त्रीहरुको कार्यशैलीप्रति पार्टीभित्र गुनासो बढ्दै गएपछि दाहालले कार्यदक्षता देखाउन नसक्ने नेताहरुलाई सरकारमा राखिराख्नु पार्टीका लागि हित नहुने बताएका हुन् ।
‘सरकारमा बसिराख्दा हाम्रो शिर गिर्ने भयो। कार्यदक्षता देखार्न नसक्ने हो भने हामी त्यहाँ किन बसिराख्नु पर्यो ? हामी फर्कने हुन पनस सक्छौँ’, प्रचण्डले बैठकमा भने, ‘सरकार ढल्ने अवस्था सिर्जना नगरौँला। समर्थन दिइराखौँला तर सरकारबाट फिर्ता भएर हामी सबै पाटी निर्माणमा लागौँला।’















प्रतिक्रिया