३१ आश्विन २०८३, शनिबार

नयाँ वर्षदेखि फेसबुकले ल्याउँदैछ थप सुविधा, जान्नुस् कसरी चलाउने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

zuckerbergकाठमाडौं, १६ पुस । संसारकै पहिलो सामाजिक सञ्जाल फेसबुकले आफ्ना उपभोक्तालाई थप सेवा दिने तयारी गरेको छ ।

हाल आफ्नो मोबाइल एपका लागि टपिक बेस्ड फिड टेस्ट गरिरहेको फेसबुकले फिडमा परिवर्तन गर्ने निर्णय गरेको हो । यो निर्णय प्रयोगकर्ताको सुझावकै आधारमा गरिएको फेसबुकले जनाएको छ । नयाँ परिवर्तन सिस्टमले प्रयोगकर्तालाई आफ्नो न्यूज कस्टमाइज गर्न एकदमै सजिलो हुने बताइएको छ ।

अमेरिकी पत्रिका ‘द वर्ज’मा प्रकाशित समाचार अनुसार फेसबुकका प्रवक्ता जासोन स्टेनले भनेका छन्- धेरै फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुक एकाउन्टमा अगल-अलग क्याटगोरीमा न्यूज फिड चाहियो भनेर हामीलाई माग गरे । जसबाट उनीहरुले टपिकअनुसार पढ्न सकुन् । प्रयोगकर्ताको यो मागलाई ध्यानमा राख्दै हामी अलग अलग स्टोरीका लागि खास न्यूज फिडको टेस्टिंग गरिरहेका छौं । र छिट्टै प्रयोगमा ल्याउँछौं ।’

यसका साथै नयाँ वर्षबाटै फेसबुकले विश्वभर मार्केटिङ अफिस पनि विस्तार गर्ने भएको छ ।

पेपर एपजस्तै काम गर्नेछ मल्टिपल न्यूज फिडले
मल्टिपल न्यूज फिड कम्पनीको स्टैंडअलोन एप ‘पेपर’को इन्स्पायर हो जसमा अटोमैटिकली प्रयोगकर्तालाई पोस्ट र पेजको कन्टेन्टलाई अलग अलग सेक्शन कस्टामइज गरेर देखाउनेछ । यद्यपी यो एप मात्र आईओएसमा डाउनलोड गर्न सकिनेछ ।

यता फेसबुकको ट्रेडिशनल न्यूज फीडमा केही क्याटोगरी छन् जसमा स्टाइल, ट्रैवल र हेडलाइन समावेश गरिएको छ । छिट्टै यो एप आम प्रयोगकर्तामाझ आउने फेसबुकका प्रवक्ता स्टेनले बताए ।