१ कार्तिक २०८३, शनिबार

चिनियाँ नयाँ वर्षमा मलेसियामा फ्रेण्डसिप धमाका हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malesiya (2)मलेसिया । चिनियाँ नयाँ बर्षमा फ्रेण्डसिप धमाका ग्रुप ले राष्ट्रीय चर्चित नेपाली कलाकार मलेसियामा ल्याउने भएको छ ।

मलेसिया का प्रमुख ४ शहरमा फ्रेबुबरी को ६ देखि १० तारिक सम्म सातौ फ्रेण्डसिप धमाका को आयोजना गर्न लागेको हो । नेपाली चलचित्र क्षेत्रका हस्ती सुनिल थापा, नायिका तथा निर्देशक रेखा थापा, एटिएम चलचित्रका नायक दिनेश थापा, चर्चित आधुनिक गायक प्रमोद खरेल, लोक दोहोरी गायिका अमृता लुङेली मगर, नृत्य निर्देशक शिव बिक, हास्य कलाकार जोडि किसोर भण्डारी र  रेस्मा तिम्सिना रहने कार्यक्रम लाई चर्चित संचारकर्मी नरेश भट्टराईले संचालन गर्ने भएका छ्न ।

धमाकाका आयोजक मध्येका एक जयराम तिम्सिना का अनुसार मलेसियाको जोहरबारु  मा ६ तारिक, पेनाङमा ७, के एल मा ८ र बातुपहात मा ९ तारिक हुनेछ । केलाङ को जया मार्केट मुख्य प्रायोजक रहेको सो धमाका को तयारी सुरु गरिएको तिम्सिनाले जानकारी दिए ।

अन्य भन्दा अलि फरक किसिम ले कार्यक्रम गर्ने लक्ष्य छ दर्शक ले मन पराउने छ्न तिम्सिनाले प्रतिक्रिया दिए । मलेसिया मा रहेका नेपाली लाई लक्षित गरेर  मनोरञ्जन दिलाउन चिनियाँ नयाँ बर्षमा धमाका आयोजना हुन लागेको अर्का आयोजक कृष्ण पुलामिले जानकारी दिए ।

यो मलेसियामा आयोजना हुने अन्य सांगितिक कार्यक्रम मध्ये को सबै भन्दा ठूलो कार्यक्रम हो पुलामिले भने । यस पटक ठूलो कलाकार टोलि लिएर अन्य कार्यक्रम आयोजना भएका नभएको र धमाका नै ठूलो सांगितिक कार्यक्रम भएको अर्का आयोजक ग्याल्सेन लामा ले बताए ।

त्यस्तै राष्ट्रीय र प्रवासी कलाकार संमिलित टोलिले फ्रेबुबरी ८मा  मलेसियाको मलक्कामा कन्सर्ट गर्ने भएको छ । मेची महाकाली युवा समूह मलक्का ले आयोजना गर्न लागेको मलक्का कन्सर्ट मा ख्याती प्राप्त देखि प्रवासी कलाकार सम्म को जमघट हुने भएको छ ।

Malesiya (1)

मोडल तथा नृत्यकार पार्बती राई र लोक दोहरी गायिका राधिका हमाल, गायक अमर राई, मनिपाल राई, श्री राई र हास्यकलाकार प्रताप मुस्कान सो कार्यक्रम का आकर्षण बन्ने भएका छ्न । हालै अन्जु पन्त संग गित रेकर्ड गराएका पर्बत तामाङ को प्रस्तुती समेत मलक्का मा देख्न सकिने आयोजक का पदम गहतराज ले जानकारी दिए ।

मलक्का को ओसियन मा हुने सो कार्यक्रम मा अन्य प्रबासी कलाकार को समेत प्रस्तुती रहने छ । सो कन्सर्ट को संचालन संचारकर्मी अर्जुन काफ्ले ले गर्ने भएका छ्न ।