२३ कार्तिक २०८३, सोमबार

नागढुङ्गा-थानकोट सडकमा विकास समितिले किन लगायो आँखा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rabindra Adhikari Umlकाठमाडौं, १६ पुस । संसदको विकास समितिले काठमाडौंको प्रमुख प्रवेश मार्ग थानकोट नागढुङ्गा सडक विस्तारका विषयमा चासो देखाएको छ ।

सरकारले सो सडामार्ग विस्तार गर्ने जनाए पनि अहिलेसम्म ठोस काम अगाडि बढाउन नसकेपछि विकास समितिले चासो दिएको हो ।

समितिले सो सडकको कामकारबाही के कति अगाडि बढेको सो विषयमा जानकारी लिन सरकारी निकाय र सरोकारवालालाई बोलाएर जानकारी लिइरहेको छ । समितिको सिंहदरबारमा जारी बैठकमा नागढुङ्गा थानकोट सडकका विषयमा छलफल भइरहेको सांसदहरुले जनाएका छन् ।

राजधानी प्रवेश गर्ने सो मार्ग विस्तार गरिए धेरै हदसम्म यातायात सहज रुपमा आवत जावत गर्न सजिलो हुने एक अध्ययनले देखाएको छ । थानकोट नाका हुँद सबैभन्दा धेरै सवारी साधन राजधानी भित्रने र बाहिरिने गर्छन् ।

विकास समितिलको चासोपछि नागढुङ्गा थानकोट सडक विस्तारले तीव्रता पाउने अपेक्षा सांसदहरुको छ ।

समितिको सभापति रविन्द्र अधिकारीले पनि विकास निर्माणका कार्यलाई अगाडि बढाउन दबाव दिने उद्देश्यले सो विषयमा छलपल चलाइएको बताउनुभएको छ ।