१३ कार्तिक २०८३, शुक्रबार

युवती बन्धक बनाउने होटलमा प्रहरीको छापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhairhawa-hotel (1)
फाइल तस्वीर

सुरुङ्गा (झापा), १५ पुस । मानव बेचबिखन तथा शरीर बन्धक बनाउने कार्यमा संलग्न तीनजनालाई प्रहरीले झापाको शनिअर्जुन नगरपालिकाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी नगरपालिका–३ निवासी १८ वर्षीय मनिष कार्की, मोरङको ववियाविर्ता – ९ निवासी २३ वर्षीय दीपक ऋषिदेव र ललितपुर उपमहानगरपालिका – १४ निवासी २३ वर्षीय दीपक कार्की रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

शनिअर्जुन नगरपालिका – ९ स्थित ओसिम होटल एण्ड लजको १०२ नं कोठामा एक युवतीलाई बन्धक बनाई राखेको गोप्य सूचनाको आधारमा छापा मारी युवतीको उद्धार गरेको प्रहरीले जनाएको छ ।

युवतीलाई बन्धक बनाउने कार्यक्रममा संलग्न होटल सञ्चालकसमेत रहेका मनिष र सोही होटलमा काम गर्ने अन्य दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको इप्रका, बिर्तामोडका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

पक्राउ परेका तीनैजनालाई मानव बेचबिखन तथा शरीर बन्धकसम्बन्धी मुद्दामा म्याद थप गरी कारबाही अघि बढाएको बताइएको छ ।

बन्धक बनाइएकी युवतीको प्रहरीले दुई दिनअघि उद्धार गरेको जनाइएको छ । प्रहरी स्रोतका अनुसार बन्धक बनाइएका युवतीलाई केही ग्राहकसँग यौन सम्बन्ध राख्न बाध्य पारिएको खुल्न आएको छ ।

युवतीको शरीर बन्धक बनाउन संलग्न सबैलाई पक्राउ गरेपछि मात्र उनीहरुलाई आज प्रहरीले सार्वजनिक गरेको छ । रासस