१३ कार्तिक २०८३, शुक्रबार

पूर्वप्रधानमन्त्री कोइरालाले पनि चढे साइकल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala-cycleकाठमाडौँ, १५ पुस । ‘वातावरण मैत्री राष्ट्रिय अभियान’अन्तर्गत आज पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई वातावरणमैत्री साइकल प्रदान गरिएको छ ।

कोइराला निवास महाराजगञ्जमा आज जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले साइकल हस्तान्तरण गर्नुभएको हो । पूर्वप्रधानमन्त्री कोइरालाले केहीबेर साइकल चढेर अभियानमा सहभागिता जनाउनुभएको थियो ।

‘थोपा थोपा इन्धन बचाउन र वातावरणमैत्री राष्ट्रिय अभियानमा सहभागी बनौँ’ नाराका साथ मन्त्रालयले साइकल प्रयोगमा प्रोत्साहन गर्दैआएको छ ।

यसअघि हिजो प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई मन्त्रालयले साइकल प्रदान गरेको थियो । रासस