३० आश्विन २०८३, शुक्रबार

१३ वर्षीया बालिकाले बच्चा जन्माइन्, करणी गर्ने चन्द्रबहादुर पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

rape-1

रत्ननगर (चितवन), २७ असार । चितवनको कठारका चन्द्रबहादुर क्षेत्री रखलको जबर्जस्ती करणीमा परेर चीतवनकै एक १३ वर्षीया बालिकाले बच्चा जन्माएकी छिन् । ती बालिकाले भरतपुर अस्पतालमा बच्चा जन्माएकी हुन् ।

गएको दसैँताका उनी जबर्जस्ती करणीमा परेको पारिवारिक स्रोतले जनाएको छ । बच्चा गर्भ रहेको करिब आठ महिना पछिमात्रै रहस्य बाहिर आएपछि सरकारी पहलमा विगत एक महिनादेखि बालिका आदर्शगृहको संरक्षणमा रहेकी थिइन् । पेटमा ग्यास्टिक भएको भनि जँचाउन आउँदा बालिका गर्भवती भएको पत्तालागेको थियो ।

जबर्जस्ती करणीको आरोपमा चन्द्रबहादुरविरुद्ध आदर्शगृहकै पहलमा परिवारले अहिले जिल्ला प्रहरीमा उजुरी दिएका छन् । उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनले करणी गरेको स्वीकार गरेको स्रोतले बताएको छ ।

त्यसरी बच्चा जन्माएकी बालिका र नवजात शिशुको अवस्था राम्रो रहेको उनलाई संरक्षण गर्दै आएको संस्था असहाय महिला तथा बालबालिका पुनःस्थापना केन्द्र आदर्शगृहकी कार्यकारी निर्देशक मीना खरेलले जानकारी दिनुभयो ।
बच्चा आदर्शगृहले एसओएस बालग्रामलाई पालनपोषणका लागि पठाइएको छ ।

बालिकाको परिवारको आर्थिक अवस्थासमेत कमजोर भएकाले बालकल्याण समिति, भरतपुर अस्पताल, चितवन प्रशासनको रोहबरमा आदर्शगृहले नवजात शिशुलाई संरक्षणका लागि एसओएस बालग्रामलाई बालग्रामलाई पालनपोषणका लागि पाठाइएको छ ।