
काठमाडौं, १५ पुस । प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर भारतमा सनसनी मच्चिएको छ ।
पहिला भारत भ्रमण गर्ने परम्परा तोड्दै प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने भएपछि राजधानी नयाँ दिल्लीको राजनीतिक बजार गर्माएको हो । यो खबरलाई भारतीय मिडियाहरुले पनि प्राथमिकता दिँदै विभिन्न खाले टिप्पणी गरेका छन् ।
उनीहरुले नेपालका प्रधानमन्त्री केपी ओलीले भारतलाई ‘लोप्पा’ देखाएको र भारतको अपमान गरेको लेखेका छन् । भारतीय संस्थापन पक्षको भनेर चिनिने पत्रिका नवभारत टाइम्सले लेखेको छ- के नेपालका प्रधानमन्त्रीले भारतको अपमान गरेका हुन् ? पहिला चीन भ्रमणमा जाँदैछन् भनेर लेखेको छ ।
उसले विगतमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको परम्परा तोडेको भन्दै ओलीले पनि त्यो परम्परा तोडेर भारतको अपमान गर्नतिर लागेको लेखेको हो ।
नेपालका अधिकांश प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै हुने गरेको पनि समाचारमा उल्लेख छ । परराष्ट्रमन्त्री कमल थापाको भनाई राख्दै समाचारमा भनिएको छ- नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारतभन्दा पहिला चीनको भ्रमण गर्दैछन् । उनी २०१६ को पहिलो हप्ताभित्रै चीन जाँदैछन् ।
समाचार अनुसार चीनले नेपाललाई थप १४ लाख लिटर इन्धन दिने निर्णयमा पनि असन्तुष्टि जनाएको छ । प्रधानमन्त्रीकै भ्रमणमा चीनसँग थुप्रै सहमति हुँदैछन् जसले भारतको बजार नेपालबाट विस्थापित हुनेछ । त्यसकारण पनि भारत प्रधानमन्त्री ओली चीन भ्रमण नजाउन भन्ने चाहन्छ ।
हेर्नुस् भारतीय मिडियाको समाचारः
















प्रतिक्रिया