
– रबिना बोहरा
बागलुङ, १५ पुस । नेकपा एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले उच्चस्तरीय राजनीतिक सहमति नभईकन चीनसँग पारवाहन सन्धि सम्झौता नहुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा न्यौपानेले देशमा आएको संकटको न्युनिकरणका लागि सरकारले पहल गरिरहेको बताउनुभयो । संविधानमा उल्लेख गरिएका बिषयहरु कानुन नबनेसम्म कार्यान्वयन नहुने भन्दै मुलुकलाई लामो कालको संक्रमणबाट मुक्त गराउन एमालेको सरकार, नेतृत्व एवं सम्बद्ध दलहरु उन्मुख एवं चिन्तित रहेको धारणा व्यक्त गर्नुभयो । पत्रकारहरुको जिज्ञासालाई मेटाउदैँ न्यौपानेले नेकपा एमालेको सरकार बनेपछि नभई २००७ सालदेखि नै नेपाली जनताले अनुभत हुने कुरा नपाएको बताउनुभयो ।
विभिन्न समस्याका बिचमा नेकपा एमालेको सरकार बनेको भन्दै संकट न्युनिकरणका लागि आन्तरिक रुपमा भारतसंग पनि छलफल भैरहेको बताउनुभयो । एकतर्फि निर्भर हुँदा देशमा संकट आएकाले चीन र भारत सँगको समान दुरीमा सम्बन्ध हुनुपर्ने न्यौपानेको भनाई छ ।
सरकारको कमजोरीका कारण नै नेपाली जनता परनिर्भर बनेकाले आत्मनिर्भर र स्वाबलम्बी बन्नुपर्नेमा न्यौपानेले जोड दिनुभयो । न्यौपानेले अहिलेको नाकाबन्दी सम्पुर्ण दलहरुका बिचमा सिंगो राष्ट्रको संकट भएकाले यसलाई सहज बनाउन सबै लाग्नुपर्ने भनाई राख्नुभयो ।















प्रतिक्रिया