६ कार्तिक २०८३, शुक्रबार

लोकमानलाई कसले दियो ज्यान मार्ने धम्की ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokman Sing Karkiकाठमाडौं । भ्रष्टाचार नियन्त्रणका निम्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आक्रामक कारबाही सुरु गरेपछि प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई ज्यान मार्नेसम्मका धम्की आउन थालेको छ ।

कार्कीलाई उनको सचिवालयका कतिपय कर्मचारी तथा उनका निकटस्थ भनी चिनिएका व्यक्तिहरुको टेलिफोनमार्फत धम्की आउन थालेको र सशस्त्र प्रहरीका बहालवाला तथा अवकाशप्राप्त प्रमुखहरुलाई कारबाहीको दायरामा ल्याएपछि यो क्रम बढेको बुझिएको छ । त्यसअघि अकुत सम्पत्ति आर्जन गरेको आशंकामा उच्च राजनीतिक एवम् प्रशासनिक तहका उनन्तीस व्यक्तिहरुलाई अनुसन्धानको सीमामा ल्याउन अख्तियारले पत्र काटेदेखि नै कार्कीलाई धम्की आउने क्रम सुरु भएको थियो ।

सशस्त्र प्रहरी बलका तत्कालीन प्रमुख कोषराज वन्त तथा पूर्वप्रमुखहरु सनतबहादुर बस्नेत, वासुदेव ओली र शैलेन्द्र श्रेष्ठलगायतले भ्रष्टाचार गरेको प्रमाण फेलापरेपछि अख्तियारले उनीहरुविरुद्द कारबाही सुरु गरेको थियो ।

कारबाहीमा परेपछि कोषराज वन्त अलिक बढी आक्रोसित बनेको र उनले लोकमानविरुद्द जथाभावी बोल्दै हिँडेको सूचना अख्तियारले प्राप्त गरेको छ । घटना र विचार साप्ताहिकमा खबर छ ।