
काठमाडौं । बलका नाममा सरकारी ढुकुटीबाट आएको करोडौं रकममाथि गिद्ध्नजर गाडेपछि अख्तियारमा १० करोड धरौटी राखेर उम्किएको सशस्त्र प्रहरी बलका प्रमुख कोषराज वन्तले म तीन महिनामा घर जान लागिहाले, पौने चार वर्ष चलखेल गर्दा त कसैले लछारपाटो लगाउन सकेन भने अब के नै होला र भन्दै ७ करोडभन्दा बढी मुल्यको जग्गा खरिद गरिेको प्रमाण भेटिएको छ ।
विगतदेखि नै यजुरी परेको र अख्तियारले अनुसन्धान गरिरहेको जानकारीमा भए पनि उनले गत महिनाको पहिलो हप्ता आम्दानीको स्रोत नखुलाईकन राजधानमिा ७ करोड पर्ने ४ रोपनी जग्गा आफ्नै नाममा जोडेका हुन् । काठमाडौ जिल्ला तरकेश्वर नगपालिका अन्तर्गत जितपूर–३ ख, साविक १६५ कित्ता नम्बरको ७ रोपनी १४ आना जग्गामध्य चारपाटा मिलाएर पूर्व दक्षिणको ४ रोपनी जग्गा वन्तले लिएको जनआस्थाले पत्ता लगाएको छ । जनआस्था साप्ताहिकमा समाचार छ ।















प्रतिक्रिया