३१ आश्विन २०८३, शनिबार

बयान दिन गएका कोषराज अख्तियारभित्रै डाँको छोडेर रोएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kosh-Raj-Onta-APFकाठमाडौं । अघिल्लो दिनसम्मको फोर्स कमान्डर भनेर के गर्नु, भोलिपल्टै सिपाहीका अगाडि हिक्कहिक्क गर्दै आँशु झार्नुपर्ने भएपछि । भष्टाचारी करार भई निलम्बनमा परेका सशस्त्र महानिरीक्षक कोषराज वन्तले अख्तियारभित्रै डाँको छाडेपछि प्रहरीहरु हत्तपत्त झ्यालढोका बन्द गरेर , ‘सर, नरोइबक्सियोस् हजुर’ भन्दै फकाउनमा नै व्यस्त भए ।

निलम्बन सिफारिस भएको तीन दिनपछि बयान दिन पुगेका वन्तले उपसचिव चुडामणि न्यौपाने, डिएसपी माधव खत्री र इन्स्पेक्टर आनन्दजंग थापालाई अनुनयको शैलीमा भने, ‘म नभएको कुरा केही गर्दिनँ, सब भन्छु । तर, केही सोध्नुभन्दा पहिला मेरा कुरा सुनिदिनुपर्यो ।’ भने, ‘अस्तीसम्म फुली लगाएर हिँडेको आइजिपीजस्तो मान्छे, आजै म कुन हालतमा पुगेँ … अरु मान्छे भए बेहोस हन्थ्यो कि हार्ट अट्याक भएर मरिसक्थ्यो । म हिम्मत गरेर यहाँ आएको छु, सत्य बोल्नलाई ।’ चूडामणिले भने, ‘हामी पनि कर्मचारी हौं सर, हजुरलाई थाहै छ, दिएको जिम्मेवारी पूरा गर्नैपर्यो ।’ न्यास्रिएर मरिचझैं चाउरिएका वन्तले थपे, ‘क्यान्सरपीडित मेरी श्रीमतीलाई क्यान्सरको समस्या थियो । अख्तियारले काबारही गर्ने भयो भन्ने सुनेपछि बेहोस भएकी उनी म यहाँ आउँदासम्म होस्मा आएकी छैनन् । बिगारेकै भए पनि मैले बिगारेँ होला, बिचरीको के दोष थियो ? त्यसपछि वन्त हिक्कहिक्क गर्दै रुन थाले । जनआस्था साप्ताहिकमा समाचार छ ।