२९ आश्विन २०८३, बिहिबार

विमानस्थलका सुरक्षा प्रमुख किन तानिए हेडक्वार्टर ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pppppp
काठमाडौ, २७ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख रहनु भएका प्रहरी नायव महानिरीक्षक (डीआइजी) यादव अधिकारी सरुवामा पर्नुभएको छ । उहाँलाई प्रधान कार्यालयको सुरक्षा निर्देशनालयमा तानिएको छ ।
उहाँको ठाउँमा उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बिजयलाल कायस्थलाई निमित्त दिएर पठाइएको छ ।

कार्य सम्पादन मूल्यांकनमा राम्रो नम्बर भए पनि अधिकारी गृहसचिव नेतृत्वको आइजीपी सम्मिलित सिफारिस समितिबाट एआइजी बढुवाका लागि सिफारिसमा पर्नुभएको थिएन् । सिफारिसमा नपरेपछि उहाँले पुनरावलोकन समितिमा उजुरी दिनु भएको थियो ।
पुनरावलोकन समितिले पनि अन्य दुई डीआइजी गणेश राई र नारायण बस्ताकोटीको नाम थपेर गृहमन्त्रालयमा पठाए पनि उनीहरुभन्दा बढी नम्बर पाउनु भएका अधिकारीको नाम भने समावेश गरेको थिएन ।