१३ कार्तिक २०८३, शुक्रबार

कांग्रेस नेताहरुद्धारा तमु ल्होच्छारका अवसरमा शुभकामना व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, १५ पुस । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले गुरुङ समुदायको पर्व ‘तमु ल्होच्छार’ २०७२ को उपलक्ष्यमा स्वदेश र विदेशमा छरिएर रहेका समस्त गुरुङ दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त व्यक्त गर्नुभएको छ ।

कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि आज एक विज्ञप्ति जारी गरेर गुरुङ समुदायको पर्व ‘तमु ल्होच्छार’ २०७२ को उपलक्ष्यमा स्वदेश र विदेशमा छरिएर रहेका समस्त गुरुङ दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त व्यक्त गर्नुभएको छ ।

यसैगरी, कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेत्री सुजाता कोइराला, तथा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि आफ्नो सन्देशमा तमु ल्होसारको उपलक्ष्यमा देश विदेशमा रहनुभएका समस्त गुरुङ दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।