१३ कार्तिक २०८३, शुक्रबार

हाम्रो कला र संस्कृतिले विश्वसामु छुट्टै चिनारी गराएको छ : राष्ट्रपति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidhyadevi Bhandariकाठमाडौं, १५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘तमु ल्होछार पर्व २०७२’ का अवसरमा आज एक शुभकामना सन्देश दिँदै मौलिक धर्म, संस्कृति, कला, रीतिरिवाज, चाडपर्व, जात्रा, दिवस, सांस्कृतिक सम्पदाजस्ता साझा पहिचानले विश्वसामु नेपालको छुट्टै चिनारी गराएको बताउनुभएको छ ।

उहाँले नेपाल धार्मिक सांस्कृतिकरुपमा सम्पन्न र समृद्ध मुलुक भएको र यहाँ रहेका विविध जातजाति र तिनका तिनको यथोचित संरक्षण, संवद्र्धन, प्रवद्र्धन, विकास तथा प्रचार–प्रसार गरी विविधतामा एकता कायम गर्दै राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम गर्ने साझा कर्तव्य हो भन्नुभएको छ ।

सन्देशमा भनिएको छ, ‘सिङ्गो नेपाली संस्कृतिभित्र रहेको तमु गुरुङ संस्कृति आफैँमा मौलिक, समृद्ध र पृथक छ । यस पर्वले सबै नेपालीबीच आपसी एकता, सद्भाव, सहिष्णुता कायम भई समृद्ध मुलुकको रचना गर्न सकियोस् ।’

ल्होच्छारले शान्ति र समृद्धि ल्याओस्

यसैबीच, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि गुरुङ समुदायद्वारा मनाइने तमु ल्होच्छारको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपतिको स्वकीय सचिवालयद्वारा जारी विज्ञप्तिमा उपराष्ट्रपति पुनले तमु ल्होच्छारको खुसियालीपूर्र्ण अवसरमा देशविदेशमा बस्नु हुने गुरुङ जातिलगायत सम्पूर्ण देशप्रेमी नेपाली दाजुभाइ, दिदीबहिनीमा सुस्वास्थ्य, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको उल्लेख छ ।

उपराष्ट्रपति पुनले यस पर्वको माध्यमबाट विभिन्न समुदायका नेपालीबीचको आपसी सद्भाव, सहिष्णुता र सौहार्दता झनै व्यापक र विस्तार हुनुका साथै देश विकासमा योगदानका लागि सम्पूर्ण नेपालीमा थप उत्साह र उमङ्ग ल्याओस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।