
सिन्धुपाल्चोक, १५ पुस सिन्धुपाल्चोक ठोकर्पा–३ पहरी बस्तीका ३५ वर्षीय यमबहादुर पहरी केही दिनदेखि चिन्ति छन् । उनको मोबाइलमा एकोहोरो फोनको घन्टी बजिरहन्छ र एउटै प्रश्नले उनी हैरान हुन्छन् । उनी सबैलाई एउटै जवाफ दिदाँदिँदा थाकिसके, ‘म जिउँदै छु, मलाई केही भएको छैन ।’
जिउँदो मान्छेलाई मरेको भन्ने समाचार सार्वजनिक भएपछि कस्तो महसुस होला ? हो यस्तै भएको छ अहिले पहरीलाई ।
ठोकर्पा–३ को पहरी बस्तीमा चिसोका कारण सात भूकम्पपीडितको मृत्यु भएको र मृत्यु हुनेको सूचीमा उनको पनि नाम भएको थाहा पाएपछि यमबहादुर चिन्तित बनेका छन् । राजधानी दैनिकले समाचार छापेको छ ।
आफन्त र नातागोतालाई दैनिकजसो आफूलाई केही नभएको बताइ रहेका छन्, उनी ।
केही दिनअघि उनको घरमा पुग्दा छिमेकीसहित यमबहादुर घरमै थिए, गाउँमै सिकर्मी काम गर्ने यमशादुर पुसको चिसोले मरेको सूचना केही सञ्चारमाध्यममा आएको थियो ।
बुधवार बिहान रेडियोमा चिसोले सातजनाको मृत्यु भएको खबर सुने पनि आफ्नै नाम भने उनले याद गरेनन् ।
दिउँसो काठमाडौँमा रहेका आफन्तले तपाई मरेको भन्ने खबर आएको छ तर तपाई फोन उठाइरहनु भएको छ त भन्दा यमबहादुर चकित भएका थिए ।
उनको गाउँमा यमबहादुर नाम गरेका चार जना छन् न आफूबाहेक अरु नै यमबहादुरको मृत्यु भएको हो कि भनेर उनले सोधीखोजी पनि गरे ।
‘यमबहादुर नाम गरेका सबै सकुशल पाएँ, उनले थपे,‘मेरो कसैसँग रिसइवी पनि छैन, गाउँमै बस्ने कृषक हो तर किन मलाई म-यो भनेर समाचार बनाए ? निकै दुख लागेको छ ।’















प्रतिक्रिया