१३ कार्तिक २०८३, शुक्रबार

पाँच लाख घुससहित काठमाडौं मालपोतका चार कर्मचारी अख्तियारको फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakthierकाठमाडौँ, १४ पुस । सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गएको टोलीले मालपोत कार्यालय, डिल्लीबजारका कर्मचारीलाई आज रु पाँच लाखसहित पक्राउ गरेको छ ।

आयोगले विज्ञप्तिमार्फत सो कार्यालयका नायब सुब्बाहरू मुकुन्दराज पाण्डे, एकनारायण अर्याल, पोस्टराज पोखरेल र कार्यालय सहयोगी लहरी कुमाललाई सेवाग्राहीसँग रु पाँच लाख घुस रकम लिइरहेको अवस्थामा डिल्लीबजारस्थित क्वालिटी फास्टफुड क्याफेबाट नियन्त्रणमा लिई अनुसन्धान कारबाही भइरहेको जनाएको छ ।

काठमाडौँ महानगरपालिका–८ गुह्ेश्वरीस्थित विभिन्न कित्ताको १३० रोपनी क्षेत्रफल रहेको जग्गामध्ये बाग्मती ढल सुधार आयोजनाले चर्चेको जग्गाबाहेक बाँकी रहेको जग्गाको क्षेत्रफल यकिन गरी पाउँ भनी दिएको निवेदनउपर नियमानुसार आवश्यक कारबाही नगरी कर्मचारीले सेवाग्राहीसँग घुस माग गरेको आयोगले जनाएको छ । रासस