काठमाडौं, १४ पुस । पछिल्लो समय बढ्दो विद्युतभार (लोडसेडिङ)ले ईन्टरनेट सेवा प्रदायक व्यवसायी मारमा परेका छन् ।
मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै इन्टरनेट सेवा वितरण संघले लोडसेडिङका कारण इन्टरनेट वितरण प्रणालीमा गम्भीर समस्या आएको भन्दै उपभोक्तामा गएको असुविधा प्रति क्षमायाचना गरेको छ । संघले देशको जटिल अवस्था बुझेर धैर्य धारण गर्न पनि उपभोक्तालाई आग्रह गरेको छ ।
‘ईन्टरनेट सेवा प्रदायकहरुका विभिन्न स्थानमा छरिएर रहेका वितरण केन्द्रहरुमा विद्युतको समस्याले गर्दा वैकल्पिक व्यवस्थाको रुपमा रहेको ब्याट्रीहरु चार्ज हुन नपाउदाँ यस्तो स्थिति सृजना भएको हो,’ सूचनामा भनिएको छ ।
ईन्टरनेट सेवा प्रदायकहरुले विभिन्न वैकल्पिक उपायहरु जस्तै चार्ज गरिएका अतिरिक्त ब्याट्रीहरुको व्यवस्था र जेनेरेटरबाट चार्ज गर्ने गरिएको भएपनि सम्पूर्ण रुपमा प्रभावकारी हुन सकेको संघले जनाएको छ । पेट्रोल र डिजलको अभावले अर्को समस्या थपिएको संघको भनाई छ ।
यस्तो छ इन्टरनेट सेवा वितरण संघद्धारा जारी सूचना:
सार्वजनिक सूचना
विगत केहि हप्ता देखि काठमाडौँ उपत्यका सहित नजिकका क्षेञहरुमा विद्युत वितरणमा देखिएको असामान्य अवस्थाले आम मानिसको दैनिक क्रियाकलाप अत्यन्तै कष्टकर हुदैँ गईरहेको कुरा सर्वविदितै छ ।
यस कारणले गर्दा २४ औ घण्टा उपलब्ध हुनु पर्ने संचारको अत्यावश्क साधन ईन्टरनेट वितरण प्रणालीमा पनि गम्भीर समस्या उत्पन्न भएको जानकारी गराउन चाहन्छौ । ईन्टरनेट सेवा प्रदायकहरुका विभिन्न स्थानमा छरिएर रहेका वितरण केन्दहरुमा विद्युतको समस्याले गर्दा वैकल्पिक व्यवस्थाको रुपमा रहेको ब्याट्रीहरु चार्ज हुन नपाउदाँ यस्तो स्थिति सृजना भएको हो ।
ईन्टरनेट सेवा प्रदायकहरुले विभिन्न वैकल्पिक उपायहरु जस्तै चार्ज गरिएका अतिरिक्त ब्याट्रीहरुको व्यवस्था र जेनेरेटरबाट चार्ज गर्ने गरिएको भए पनि सम्पुर्ण रुपमा प्रभावकारी हुन सकेको छैन । पेट्रोल र डिजलको अभावले अर्को समस्या थपिएको छ ।
नेपाल सरकारको सम्बन्धित निकायबाट इन्टरनेटलाई अतिआवश्यक संचार सेवाअन्र्तगत परिभाषित गरी इन्धन उपलब्ध गराउनको लागि हामी अथक प्रयासमा छौ ।
यस अत्यन्त विकट स्थितिमा पनि हामीहरु स्थिति सहज तुल्याउन सक्दो प्रयास गरिरहेको जानकारी गराउन चाहान्छौ ।
सम्पूर्ण उपभोक्ताहरु प्रति पर्न गएको असुविधा प्रति क्षमायाचना गर्दै देशको जटिल अवस्था बुझेर धैर्य धारण गरि सहयोग गर्नु हुन अनुरोध गर्दछौ ।
Sincerely,
Internet Service Provider Association of Nepal















प्रतिक्रिया