१३ कार्तिक २०८३, शुक्रबार

राहत माग्दै डोटीका बाढीपीडितहरु काठमाडौमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doti-jillaकाठमाडौं, पुस १४ गते । भिषण बाढी पहिरोका कारण धनजनको क्षती भएको ६ महिना पुग्नै लाग्दा समेत सरकारी क्षेत्रबाट कुनै राहत नपाए पछि डोटीको डौड र तोलनी गाबिसका बाढी पिडितहरु राहत र पुनस्र्थापनाको माग गर्दै काठमाण्डौ पुगेका छन् ।

बाढी पिडितहरुको टोलीले सरकारका मन्त्रीहरु, प्रमुख राजनितिक दलका नेता लगायत सहयोगी संस्थाहरु संग राहत तथा पुनस्र्थापनाको माग गरेका छन् ।

डौड र तोलेनी गाबिसका बाढि पिडित सहित टोलीमा डोटी जिल्लावाट प्रतिनित्व गर्ने ५ जना सांसद तथा पुर्व सांसदहरु रहनु भएको छ ।
राहत तथा पुनस्र्थापना का लागी गठन गरिएको संघर्ष समितीका संयोजक टेकबहादुर सिंहका अनुसार टोलीले मंगलवार मात्रै एकिकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) लाई भेट गरी राहत तथा पुनस्र्थापनाका लागी सहयोग गरिदिन आग्रह गरेको छ । अध्यक्ष सिंहले भन्नु भयो — “अध्यक्ष दहालले आफ्नो पार्टीको तर्फ वाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई उचित राहत पुनस्र्थापना लगायतका बिषयमा सहयोग गर्न निर्देशन दिने बताउनु भएको छ । ”

यस अघि नै उक्त टोलीले प्रधानमन्त्री केपि ओली,सिचाई मन्त्री उमेश यादव, अर्थ मन्त्री बिष्णु पौडेललाई भेट गरी उचित राहतको लागी आग्रह गरि सकेको छ ।

गाउका चारै तिरवाट पहिरो गएका कारण बस्ति नै सार्नु पर्ने अवस्था रहेको बताईएको छ । यहि साउन २५ गते राति आएको बिषण पहिरोका कारण डौड गाबिसमा एकै परिवारका ५ जना सहित ६ जनाको ज्यान गएको थियो । गाउको चारै तिरवाट पहिरो आएको कारण डोटी डौड गाबिस स्थित बावनसैन तोलेनीको साप्रा, बेटारा, कम्छाडा लगायतका गाउहरु पुरै जोखिममा रहेका छन् । भिषण बाढी पहिरोका कारण २ सय पचहत्तर घरमा क्षती पुगेको छ । डौड र तोलेनी गाबिसमा झोलुंगे पुल, पाच वटा लघु जलबिधुत आयोजना, कुलो तथा हजारौ रोपनी खेती योग्य जमिन, बिद्यालय, खानेपानि आयोजनामा समेत क्षती पुगेको बताईएको छ । टोलीमा रहनु भएका डौड गाबिसका पुर्व अध्यक्ष तेजबहादुर सिंहले भन्नु भयो — “भेट गरेका जतीले राहतका लागी पहल गर्छौ भन्नु भएको छ ।”

वाढी पहिरो प्रभावित क्षेत्रको बिकास निर्माण लगायत राहतका बिषयमा माग गरिएको टोलीमा रहनु भएको डोटी जिल्ला क्षेत्र नं. २ वाट निर्वाचित सांसद प्रेमबहादुर आले मगरले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा सांसद भरतबहादुर खडका, बिरबहादुर बलायर नेकपा एमाले जिल्ला अध्यक्ष चक्रबहादुर मल्ल लगायतको टोलीले यस अघि नै बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गरिसक्नु भएको छ ।

डौड र तोलेनी गाबिसमा पहिरोका कारण जमिनमा धाजा फाटेका कारण स्थानिय बासिन्दाहरु फेरी पनि ठुलो दुर्घटना हुन सक्ने त्रासमा रहेको बताईएको छ ।