१३ कार्तिक २०८३, शुक्रबार

खाली भाँडा बोकेर पानी माग्दै प्रजिअसामु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dolakha-water

दोलखा, १४ पुस । खाली भाँडा बोकेर खानेपानीको माग गर्दै नाम्दु गाविसका स्थानीय बासिन्दा जिल्ला प्रशासन कार्यालय दोलखा आइपुगेका छन् । मङगलबार दिउँसो करिब ६० परिवार खाली जर्किन सहित पानी माग्दै प्रमुख जिल्ला अधिकारीसामु आइपुगेका हुन् ।

विगत दुई महिनादेखि पानीका लागि दुई घण्टाको बाटो हिँड्नु परेको गुनासोसहित उनीहरुले प्रशासन कार्यालय घेराउ गरेका हुन् । दोलखाको दक्षिणी गाविस नाम्दु–३ का स्थानीय बासिन्दा एक महिनाअघि प्रशासनमा खानेपानीको माग गर्दै दिएको निवेदनमाथि सुनुवाई नभएर प्रजिअ गुहार्न चरिकोट आइपुगेका हुन् ।

विसं २०२४ सालदेखि काब्रे गाविसबाट खानेपानी ल्याएर पानी खाँदै गरेकामा जग्गाधनी रविचन्द्र ढुङ्गेलले पानी बन्द गरिदिएपछि आफूहरु समस्यामा परेको स्थानीयवासी रामशरण नेपालीले बताउनुभयो ।

खानेपानी नभएपछि करिब ६६ घरधुरी प्रभावित भएको अर्का स्थानीयवासी रीताकुमारी भुजेलले जानकारी दिनुभयो । यता, जिप्रका दोलखाले सम्बन्धित पक्षसँग छलफल गरी समाधान खोज्ने बताएको छ । रासस