मुम्बई । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चनले विहेपछि फिल्म ‘धूम २’मा ऋतिक रोशनसँग ‘किस सीन’ दिएकी थिईन् । यसकारण उनलाई विहेपछि फिल्ममा ‘किस सीन’ दिने अभिनेत्रीको रुपमा चिनियो ।
तर, भर्खरै मात्र फिल्म ‘ऐ दिल है मुश्किल’को शुटिङमा ऐश्वर्याले आफ्ना को–स्टार एवं अभिनेता रणबीर कपुरसँग किस गर्न अस्वीकार गरेकी छिन् । यो फिल्ममा ऐश्वर्या र रणवीरका साथै अनुष्का शर्माको पनि रोल छ ।
करन जौहरको निर्देशनमा बन्न लागेको यो फिल्म २०१६ मा रिलिज हुने बताइएको छ । यो फिल्ममा अन्तरंग दृश्यका लागि ऐश्वर्याले आफू उपयुक्त नभएको बताईन् र किस गर्न मानिनन् । भारतीय सञ्चारमाध्यमका अनुसार पारिवारिक दबाबका कारण उनले किस सिन नदिएको बताइएको छ ।















प्रतिक्रिया