हुम्ला, १४ पुस । सरकारी कार्यालयबाट पर्याप्त चामल नपाएका लिमी गाविसका जनताले छिमेकी मुलुक चीनबाट अत्यावश्यकीय उपभोग्य सामान सहज रुपमा ल्याउन ४७ सदस्यीय गाउँ परिषद् गठन गरेका छन् ।
स्थानीय जनताकै पहलमा पाँच वर्ष अवधिका लागि गठित सो परिषद्मा अध्यक्ष सुनाम नोर्केग्ले तामाङ सहित नौवटै वडाका वडाध्यक्ष र सदस्य रहेको सदरमुकाम सिमीकोट आइपुग्नुभएका छिरिङपाल्जोर लामाले जानकारी दिनुभयो । परिषद्को गठन विधानतः निर्वाचनबाटै हुनुपर्ने थियो ।
लामाका अनुुसार परिषद् गठन भएपछि सीमावर्ती बजार ताक्लाकोटबाट जुत्ता, कपडा, मैदा जस्ता उपभोग्य सामान ल्याउन सजिलो हुने छ । रासस












प्रतिक्रिया