३१ आश्विन २०८३, शनिबार

मलेसियाको राजदूतावासमा ५ हजार बढी नेपाली नागरिकता अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nagarikta

– सुदिप निउरे
क्वालालम्पुर । आफ्नो कार्यालयमा छाडिएका नागरिकता फिर्ता लैजान मलेसियाको नेपाली राजदूतावासले सबैमा आग्रह गरेको छ ।

चार बर्षअघि देखि मलेसियाको नेपाली राजदूतावासमा हजारौ नागरिकता अलपत्र छन् । नयाँ राहदानी बनाउनका लागि नागरिकता बुझाएकाहरु सम्पर्कमा नआएपछि ती नागरिकता अलपत्र परेका हुन् । पहिले १५ हजार भन्दा बेशी नागरिकता राजदूतावासमा भएकोमा अधिकांशले फिर्ता लगेको द्धितिय सचिब उत्तम शाहीले बताए ।

अहिले पनि ५ हजार भन्दा बेशी नागरिकता अलपत्र भएको शाहीले जानकारी दिए । सन २०११ मा अबैधानिक कामदारका लागी मलेसिया सरकारले आह्वान गरेको घर फर्क वा बैधानिक बन ( सिक्स पि) भन्ने कार्यक्रम अन्तर्गत राहदानी बनाउनका लागि ती नागरिकताहरु संकलन गरिएका थिए ।

राहदानी बनाउनका लागि सक्कली नागरिकता नै बुझाउनुपर्ने हुन्छ । नागरिकता राजदूतावासमा छाड्नेहरु मलेसियामै छन् वा नेपाल फर्किसके यसबारे कुनै जानकारी छैन । अधिकांश नेपाल फर्किसकेको हुन सक्ने राजदूतावासको अनुमान छ ।

राजदूतावासले एक सुचना जारी गर्दै अबको तीन महिनाभित्र आफ्नो नागरिकता फिर्ता लैजान आग्रह गरेको छ । आगामी मार्च ३१ तरीख सम्म पनि नागरिकता लिन नआएमा बाकी रहेका सबै नागरिकता नेपाल पठाईने जारी सुचनामा उल्लेख छ ।