१ कार्तिक २०८३, शनिबार

सुशील कोइरालाका सहयोगीहरुमध्ये बढी चलखेल गर्ने को ? सचिवालयको नालीबेली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुशील कोइराला र मृदुला कोइराला
सुशील कोइराला र मृदुला कोइराला

काठमाडौं, १४ पुस । कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाका सहयोगीहरुका कारण केन्द्रीय सदस्यदेखि साधारण कार्यकर्ताले समेत दुःख पाउने गरेको गुनासाहरु झन् बढेर आउने गरेका छन् ।

अविवाहित त्यसमा पनि वृद्ध कोइरालाको निजी सचिवालयले राजनीतिक र प्रशासनिक रुपमा काम गर्न नसक्दा कांग्रेसका नेता तथा कार्यकर्ताले दुःख पाएको गुनासो बढेको हो ।

सभापति कोइराला अहिले कांग्रेसका केन्द्रीय सदस्य एवम् विपी कोइरालाका पुत्र डा.शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्दै आएका छन् । दोस्रो तलामा आफ्नो बासस्थान बनाएका कोइराला कमै मात्र तल्लो तलामा झर्ने गरेको स्रोतको भनाइ छ ।

चिसोका कारण सभापति कोइराला आफू बस्ने कोठा र बैठक कक्षभन्दा बाहिर निस्कदैनन् ।

सभापति कोइरालालाई सहयोग गर्न भतिजा अतुल कोइराला, मृदुला कोइराला, सागर खनाल र मोहन आचार्य (सुरक्षा निकायका इनिस्पेक्टर) महाराजगञ्ज निवासमा सक्रिय छन् । कोइरालाको गृह जिल्ला बाँकेका कांग्रेस नेता हुर्मत न्यौपाने भने आजकाल महाराजगञ्जमा भेटिदैनन् । गलत कार्य गरेको भन्दै न्यौपानेलाई मृदुला र मोहन आचार्यले महाराजगञ्जमा प्रवेश निषेध गरेको स्रोतको भनाइ छ ।

सुशील कोइरालाका सहयोगीमध्ये मृदुला कोइराला अमेरिकाको पिआर लिएकी महिला हुन् । उनको सबै परिवार अमेरिकामा घर बनाएर बस्दै आएको छ । कहिले काठमाडौं त कहीले अमेरिका बस्दै आएकी मृदुलाले नै सभापति कोइरालाको सबै काम हेर्ने गरेको स्रोतको भनाइ छ ।

कोइराला प्रधानमन्त्री भएका बेला ठेकेदारदेखि तस्करसम्मलाई भेट्ने र मोलमोलाइ गरी रकम उठाउने काममा मृदुला र सागर खनाल सक्रिय रहेको आरोप थियो । त्यो कार्यलाई मुदुला र सागरको जोडीले अहिले पनि निरन्तरता दिँदै आएको बछ । मृदुला र सागरको धेरै त्यस्ता घटना बाहिर आएपछि कोइरालाले झपारेको स्रोतले जनाएको छ ।

अतुल कोइराला
अतुल कोइराला

तर मृदुला कोइरालाको गलत कार्य र नेता तथा कार्यकर्तासँग भेट गर्न नदिने कार्यशैलीको जानकारी हुँदाहुँदै पनि सभापति कोइरालाले किन हो मृदुला र सागरलाई सचिवालयबाट निकाल्न सकेका छैनन् रहस्य बनेको छ ।

यतिसम्मकि मृदुलाले आफूलाई मन नपरेका कांग्रेसका केन्द्रीय सदस्यहरुलाई सभापति कोइरालासँग भेट गर्न नदिने गरेको आरोप छ । पार्टी कार्यालय नजाने सभापति कोइरालालाई भेट्न नेता तथा कार्यकर्ता महाराजगञ्ज जाने गरेका छन् । तर मृदुलासहित सागर खनाल र मोहन आचार्य मिलेर सबैलाई भेटघाट गर्नबाट रोक्ने गरेका छन् ।

कांग्रेसको महाधिवेशन नजिकिँदै छ । महाधिवेशनका विषयमा छलफल गर्न आउने जिल्ला सभापतिहरुलाई उनीहरुले रोक्ने गरेको कोइराला निकटका एक केन्द्रीय सदस्यले बताए । युवा नेता समेत रहेका ती केन्द्रीय सदस्यले भने, ‘सुरक्षा निकायको इनिस्पेक्टर, अमेरिकाको पिआर लिएकी महिला, ठेकेदारहरुको दलाललाई सचिवालयमा राखेर सभापति कोइरालाको कहिल्यै उद्धार हुँदैन । यस्तो सचिवालयले राजनीति हुँदैन । कांग्रेसलाई बेफाइदा पुग्छ ।’

मोहन आचार्य (इनिस्पेक्टर)
मोहन आचार्य (इनिस्पेक्टर)

धादिङ माइत भएकी नेविसंघ नेतृ उर्मिला थपलियालाई विहे गरेका मोहन आचार्य कुनै सुरक्षा निकायमा कार्यरत व्यक्ति हुन् । कोइरालाका तत्कालीन सहयोगी लक्ष्मण ढकालको पालादेखि काम गर्दै आएका मोहनले आजकाल महाराजगञ्जमा सबैभन्दा धेरै हालिमुहाली गर्ने गरेका छन् । कोइराला निवासमा उनको गतिविधि अत्यन्तै संकास्पद हुने गरेको एक कांग्रेस नेताले बताए ।

कोइरालाका सहयोगीमध्येका अर्का व्यक्ति जो चर्चित छन् उनी हुन्, सागर खनाल । कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्यका आफन्त पर्ने सागर खनाल पैसा उठाउने, ठेक्का पट्टा मिलाइदिनेदेखि सवरुवा बढुवासम्म सक्रिय छन् । उनको काम भनेका सेटिङ मिलाएर पैसा खाने तथा सभापति कोइरालालाई बद्नाम गर्ने रहेको छ । कोइरालाका कुरा नरहरि आचार्यसम्म पुगाउने उनको दैनिकी हो ।

सागर खनाल
सागर खनाल

कोइरालाका सहयोगी एवम् भतिजा अतुल कोइराला राजनीतिक संस्कार नभएको व्यक्तिको आरोप छ । अतुललाई कोइरालालाई भेट्न आउने व्यक्तिलाई नचिन्ने, सहज रुपमा भेट्न नदिने, फोन नउठाउने आदि कार्य गरेको आरोप छ । अतुल नेता तथा कार्यकर्ता र पत्रकारसँग राम्रोसँग घुलमिल गर्न नसकेका कारण कोइरालाका गलत समाचार बाहिरिने गरका छन् ।

आफू बिरामी परेका बेला भाञ्जी बुहारी प्रभा भण्डारीलाई अमेरिका लगेका सभापति कोइरालाले उनलाई उतै छाडेर आएको रहस्य खुलेको छ । प्रभा भण्डारी अहिलेसम्म नेपाल फिर्ता भएकी छैनिन् । मृदुलासँग झगडा परेपछि कोइरालासँग टाढिएकी प्रभा अमेरिकामा बस्दै आएकी छिन् ।

कोइराला प्रधानमन्त्री बनेका बेला कसले राम्रो स्याहार सुसार गर्ने भन्दै मृदुला र प्रभावबीच झण्डै हातहालाहाल भएको थियो । मृदुलाकै कारण प्रभाले बालुवाटारमा राम्रोसँग काम गर्न सकेकी थिइनन् ।

आफ्ना भाञ्जा रमेश भण्डारीको घरमा बस्ने इच्छा गरेका कोइरालालाई मृदुलाले नै जान नदिइ महाराजगञ्जमा पुगाएको आरोप छ ।